
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–७ का १ जना वृद्ध कनकाई नहरमा मृत फेला परेका छन् । ७९ वर्षीय राधाकृष्ण सोडारीको शव आइतबार बिहान ९ः२५ बजेतिर फेला परेको हो ।
प्रहरीका अनुसार घरबाट चोकतिर जान्छु भनेर हिँडेका उनी १ किलोमिटर पश्चिमतर्फ रहेको शिवसताक्षी–७ र ११ बीचको कनकाई नहरमा बिहान ८ः५० बजेतिर हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हामफाल्नसाथ नहरमा बेपत्ता भएका उनलाई स्थानीयको सहयोगमा प्रहरीले मृत फेला पारेको हो ।
घटनास्थलबाट करिब ५ सय मिटर दक्षिणमा सोडारीको शव भेटिएको प्रहरीले जनाएको छ । वृद्धले नहरमा हामफाल्नुको कारण पत्ता लागेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























