करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ८, आइतबार १२:५३

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ घुन्सा नुनथलामा करेन्ट लागेर विद्युत प्राधिकरणका १ जना कर्मचारीको मृत्यु भएको छ ।

ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर सोलुदूधकुण्ड–७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेतको मृत्यु भएको हो । बस्नेत विद्युत प्राधिकरणका कर्मचारी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

करेन्ट लागेर शनिबार दिउँसो गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । बस्नेतको उपचारका क्रममा मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.