७३ जिल्लामा देखियाे डेंगु

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार ०७:४५

काठमाडौं । वर्षायाम सुरु भएसँगै देशभर डेंगु संक्रमणको जोखिम बढेको छ ।

पछिल्लो ६ महिनामा ७३ जिल्लामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेकका जिल्लामा संक्रमण देखिएको छ ।

मुलुकका सातैवटा प्रदेशमा १ हजार ५ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विगतका वर्षमा असोज–कात्तिक महिनामा ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको थियो । संक्रमणको ‘पिक सिजन’ आउन लागेकाले अन्य जिल्लामा पनि संक्रमण विस्तार हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.