
विराटनगर । धनकुटामा सडकमा काम गर्ने मजदुर सुतेकै ठाउँमा मृत फेला परेका छन् ।
उदयपुरको कटारी नगरपालिका–११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर मृत फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार मगर भेडेटार–आहाले–महाभरत भित्री सडक खण्डमा कार्यरत मजदुर हुन् ।
उनलाई धनकुटाको साँगुरीगढी गाउँपालिका–९ ढुंगेस्थित भाडाको कोठामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । मगर सोमबार बिहान ५ः४० बजेतिर सुतेकै कोठामा मृत फेला परेको जानकारी खनालले दिए ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

























