सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार १४:०८

पोखरा । गण्डकी प्रदेशसभाको बैठकमा रोष्ट्रममै बजेट पुस्तिका च्यातिएको छ । नेकपा (माओवादी केन्द्र)का सांसदले रोष्ट्रमबाटै प्रदेशको बजेट पुस्तिका च्यातेका हुन् ।

सांसद रेशम बहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् । बजेट पूर्वाग्राही रहेको आरोप लगाउँदै उनले बजेट पुस्तिका च्यातेका थिए । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड र भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’

सगरमाथा हिँड्न खोजेको गण्डकीको बजेट हिन्दसागरतिर पुगेको उनको टिप्पणी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.