सप्तरीका एसपी खतिवडा किन तानिए प्रहरी कार्यालय बागमती ?

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार ००:०४

विराटनगर । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा तानिएका छन् । उनलाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ ।

सप्तरीको इन्चार्जमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गौतम केसीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए ।

गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको आरोप छ ।

फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’ लाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।

सञ्चारमाध्यम मार्फत बाहिरिएको भिडियोमा वरिष्ठ सई विश्वनाथ त्रिपाठीले युनिफर्ममै रकम लिएको देखिन्छ ।

त्रिपाठीलाई खतिवडाले परिचालन गरेको आरोपमा छानबिन भइरहेको छ ।

सप्तरी पठाइएका एसपी केसी गत असोजमा धादिङबाट तानिएका अधिकृत हुन् ।

छानबिन समितिले झ्याप्ले खोलामा गाडी पुरिएको घटनामा उनको कमजोरी देखिएको र प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.