
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धकाे मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।
विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दा परेको हो । अदालतमा बयानका लागि नेपाल अदालतमा पुगिसकेका छन् ।

























