कस्तो रहला आजको मौसम ?

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार ०६:०८

विराटनगर । गएराति काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य वर्षा भएको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै दोलखामा २१.४ मिलिमिटर पानी परेको छ ।

भेलबाढी आउने गरी कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि सबै प्रदेशमा पानी पर्ने र केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

दिउँसो कर्णाली प्रदेश तथा राति कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.