
विराटनगर । सुनसरीको रामधुनीमा बुधबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–३ बगैँचा टोलस्थित भित्री सडक खण्डमा राति ९ बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ५५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री रामधुनी–३ का ६२ वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका राईलाई उपचारका लागि साई हस्पिटल झुम्का लगिएको थियो । थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले राति १० बजेतिर मृत घोषित गरेका हुन् ।
दुर्घटनालगत्तै प्रहरीले रामधुनी–६ का ५० वर्षीय शिवनारायण चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























