
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाका नेताहरु छलफलमा जुटेका छन् । बिहीबार मोर्चाका नेताहरु छलफलमा बसेका हुन् । आइतबार पुन छलफल गर्ने गरी आजको वार्ता सकिएको मोर्चा घटक दल राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकरी दिए । उनका अनुसार अब आइतबार दिउँसो १ बजे बैठक बस्नेछ ।
आइतबार बैठकमा रूपन्देही क्षेत्र नम्बर– ३ को उपचुनाव, भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइलगायतका विषयका एजेन्डा माथि छलफल हुनेछ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, रामकुमार शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, लालवीर चौधरी, अरूण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका नेता राजेन्द्र महतो, केशव झा, सिएन थारु, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतबाट अब्दुल खान, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन तथा तमलोपाका वृषेश चन्द्र लाल, ब्रजकिशोर सिंह लगायतका नेताहरू सहभागी थिए ।
























