परराष्ट्रमन्त्री रोममा, प्रधानमन्त्री स्पेन जाँदै

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १२:५७

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा इटालीको रोम प्रस्थान गरेकी छन् ।

‘जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४औँ सत्रमा सहभागी हुन उनी आज गएकी हुन् ।

उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि भोलि स्पेन जाँदैछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.