धरानको सेउती पुलनजिक मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, २ जना घाइते

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १९:४६

विराटनगर । कोशी राजमार्गअन्तर्गत सुनसरीको धरानस्थित सेउती पुलनजिक शुक्रबार बिहान ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

धरान–इटहरी सडक खण्डमा प्रदेश १–०२–०४३ प–३३१५ नम्बरको मोटरसाइकल सडकछेउमा पार्क गरिएको रोलरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार तीव्र गतिममा धरानबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा इटहरी उपमहानगरपालिका–१९ का ३८ वर्षीय सुरेश राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इटहरी–२० का १७ वर्षीय विराज पुरी र सुमित शाही गम्भीर घाइते भएको डीएसपी खतिवडाले बताए ।

घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.