
काठमाडौं । शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आजबाट स्पेन भ्रमण गर्दैछन् । भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गर्दै छन् ।
























