जबजको प्रणेता भण्डारी : प्रधानमन्त्री ओली

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १०:५८

काठमाडौं । जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोण बदल्ने अगुवा नेता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.