
विराटनगर । जननेता मदन भण्डारीको जन्मजयन्तीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वृक्षरोपण गरेका छन् । पूर्वमुख्यमन्त्री उद्धव थापासँगै उनले शनिबार वृक्षरोपण गरेका हुन् ।
मुख्यमन्त्री निवासको प्राङ्गणमा कार्की र थापाले वृक्षरोपण गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले वृक्षरोपणले पर्यावरण र वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने बताए । उनले नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए ।























