स्पेन यात्रा बारे प्रधानमन्त्रीले संसदलाई गराए जानकारी

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १३:०५

काठमाडौं । स्पेन भ्रमण जाने तयारी बारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी गराएका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो भ्रमणका बारेमा जानकारी गराएका हुन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी साँझ औपचारिक भ्रमणमा जानेछन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको समेत सहभागिता हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.