झापाको फर्निचर उद्योगमा आगलागी

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार ०८:२९
प्रतीकात्मक तस्बिर

झापा । झापाको अर्जनुधारा नगरपालिका – ११ मा फर्निचर उद्योगमा आगलागी भएको छ । आइतबार राति मोती बहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।
आगो लागेको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजेतिर आगो निभाएका थिए ।

आगलागीको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.