एमालेमा फर्किएकी भण्डारीले पूर्वराष्ट्रपतिको सुविधा नलिने

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १४:४३

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी उनले पूर्वराष्ट्रपतिको रुपमा पाउने सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी हुन् ।

‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ उनी निकट स्रोत भन्छ, ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’

साउन १ गतेदेखि लागू हुनेगरी उनले सेवासुविधा फिर्ताको तयारी गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।

भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.