कुलिङ पिरियडको नाममा बदमासी गर्नेलाई कारवाही गर्न माग

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार १०:२७

विराटनगर । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शेखर कोइरालाले निजामती सेवा विधेयकको प्रवधान तोडमोड गर्नेलाई कारवाही गर्न माग गरेका छन् । सबैको चासो रहेको निजामती सेवा विधेयक गत आइतबार प्रतिनिधि सभाबाट पारित भएको थियो ।

कुलिङ पिरियडको विषयमा संसदीय समितिमा भएको सहमति विपरित उच्च पदस्थ कर्मचारीलाई कुलिङ पिरियडले नछुने प्रावधान राखिएको थियो । सांसदसँग भएको सहमति विपरित विधेयक तोडमोड गरेको भन्दै डाक्टर कोइरालाले कारवाहीको माग गरेका हुन् ।

सर्वसम्मतीमा संसदमा पेस भएको निजामती सेवा विधेयक अनाधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना मान्न नसकिने उनले बताए । ‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ डा। कोइरालाले भनेका छन् ।

त्यसो राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर पठाएको विधेयक प्रतिनिधि सभाले समेत सर्वसम्मतीले पारित गरेर राष्ट्रिय सभामा पठाइएको छ ।

कांग्रेस एमालेबिच नै कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा विवाद देखिएको थियो । अन्तममा कुलिङ पिरियड राखेरै विधेयक अघि बढाउने सहमति भए पनि अन्तमा त्यसलाई घुमाउरो बाटोबाट कुलिङ पिरियड हटाउने गरी विधेयक पास भएको तथ्य बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारवाही अगाडि बढाइ, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ,’ उनले भनेका छन्, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.