
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेकाे रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ । २०७७-७८ काे संवैधानिक नियुक्तविरुद्ध परेकाे रिटकाे फैसला सुनाउने मिती पटकपटक सर्दै आएको छ ।
सर्वोच्च अदालतलको संवैधानिक इजलासका सबै न्यायाधीशहरु निर्णय सुनाउने विषयमा छलफल गरिरहेका छन् ।
यसअघि उक्त मुद्दाको निर्णय जेठ २८ सुनाउने तय गरिएको थियो । पटक–पटक हेर्न नभ्याइनेमा परेर पेसी सर्दै आएकामा संवैधानिक इजलासले गत माघ मसान्तमा सुनुवाइ थालेको थियो ।
२०७७ साल र ७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक-पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए।

























