झापामा शौचालय गएका पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार ०८:०१
फाइल तस्बिर

विराटनगर । झापामा शौचालय गएका १ जना पुरुषको जंगली हात्तीको आक्रमणमा परेर बिहीबार बिहान मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार शौचालय जानलाई घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई बिहान ३ः४५ बजेतिर हात्तीले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बूलाई आक्रमण गरेपछि हात्ती दक्षिणतर्फ लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.