भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु दिदी–बहिनीको मृत्यु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार ०७:००

काठमाडौं । भिरमाथिबाट खसेको ढुङ्गा लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दिदी बहिनीको मृत्यु भएको हो ।

वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेलीको मृत्यु भएको हो ।

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.