धनकुटामा अटो दुर्घटना, ६ जना घाइते

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार १५:४५

विराटनगर । धनकुटामा शुक्रबार दिउँसो अटो टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–९ मा दिउँसो १ः३५ बजेतिर दुर्घटना भएको हो ।

बेलहाराबाट धनकुटातर्फ जाँदै गरेको को १ ह ५५६७ नम्बरको अटो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा धनकुटा–९ बेलहाराकी ६१ वर्षीया निर्मला बस्नेत, २३ वर्षीया रेनुका न्यौपाने, १७ वर्षीय डेबिट विक, धनुषाको जनकपुर–१४ का ४४ वर्षीय वसन्तबहादुर पूर्वे, काठमाडौं महानगरपालिका–२६ का ५० वर्षीय रमेशप्रसाद दुलाल र मोरङको कानेपोखरी गाउँपालिका–५ की २० वर्षीया देवी विक घाइते भएको हुन् ।

सामान्य अवस्थाका घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । अटो चालक धनकुटा–९ का ४२ वर्षीय जितेन्द्र बस्नेतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.