
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा गाईवस्तुलाई खुवाउनका लागि परालको कुटी काट्ने क्रममा १ जनाको हात छिनेको छ ।
साकिराम विश्वासको घरमा कामदारका रूपमा काम गर्दै आएका २५ वर्षीय अजय ऋषिदेवको देब्रे हात छिनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परालको कुटी काट्ने क्रममा शनिबार दिउँसो मेसिनले उनको हात काटेको थियो ।
मेसिनले हातको नाडीदेखि मुनिको भाग छिनाइदिएको छ । घाइतेको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

























