राजीनामा दिने तयारीमा पर्यटन राज्‍यमन्त्री चौधरी

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार १४:४५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट राज्‍यमन्त्री बनेका थिए । उनले आज (आइतबार) साँझ ५ बजे प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् ।

नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठका अनुसार राजीनामाको अन्तिम तयारी भइरहेको छ । सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका कारण पार्टीबाट पठाइएका मन्त्रीले राजीनामा दिने उनको भनाइ छ ।

नाउपा संसदीय दलको शनिबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । नाउपाबाट संघीय सरकारमा चौधरी राज्यमन्त्री थिए । उनले राजीनामा बुझाएपछि नाउपा प्रतिपक्षमा बस्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.