
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पारित गर्नका लागि थप समय माग गरेका छन् ।
विधेयक पारित गर्ने विषयमा उनले पुनः थप समय मागेका हुन् । शिक्षा समितिको आइतबारको बैठकमा बोल्दै पन्तले केही विषयमा थप छलफल आवश्यक रहेको बताउँदै थप समय माग गरेका थिए ।
शिक्षक महासंघलाई ६०–४० मनाउन सफल भएको बताउँदै उनले थप विषयमा छलफल गर्न बाँकी रहेको बताउँदै समय माग गरेको उनीनिकट स्रोतले बतायो । यो समस्या आजै टुंग्याउने भनिए पनि मन्त्री पन्तले समय माग गरेपछि टुंगिन सकेन ।
केही समय चाहिने भएकाले टुंग्याउन नसकिएको पन्तले बताए । ‘अलिकति थप समय चाहियो,’ उनले भने ।

























