रेलको ठक्करबाट मृत्यु

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १८:५७

धनुषा । रेलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट सोमबार देउरी परवाहा स्टेशनदेखि पूर्व रेल–वे लिकमा घटना भएको हो ।

धनुषा प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहले जयनगर–जनकपुर–कुर्था रेल–वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको मृत्यु भएको बताए । उनका अनुसार ‘इयरफोन’ लगाएर रेल–वे लिकमा हिँडिरहेका साहले पटकपटक बजेको हर्न सुनेका थिएनन् ।

हर्न बजाएको नसुनेका उनलाई रेलले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.