
झापा । झापामा जंगली हात्तीले एउटा घरमा क्षति पुर्याएको छ । मेचीनगर नगरपालिका–४ मनकामना टोलका सुवर्णकुमार खड्काको भान्सा घरमा हात्तीले क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहानका लागि ३ बजेतिर एउटा जंगली हात्ती गाउँ प्रवेश गरेर खड्काको भान्सा घरमा क्षति पुर्याएको हो । हात्तीले भान्सा घर भत्काउनुका साथै त्यहाँभित्र रहेका खाद्यान्न र अन्य सामान गरी ५० हजार बराबरको क्षति गरेको प्रहरीको भनाइ छ ।
घटनामा कुनै मानवीय र चौपाया क्षति भने भएन । घरमा क्षति गरिसकेपछि हात्ती जंगलतिर लागेको प्रहरीको भनाइ छ । घटनाका विषयमा थप बुझ्नका लागि प्रहरी परिचालन गरिएको छ ।

























