माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १३:४८

विराटनगर । उदयपुरमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ । चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई त्रियुगा खोलाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा २९ वर्षीय सुरज राई बेपत्ता भएका थिए ।

सोमबार साँझ ६ः५० बजेतिर बेपत्ता भएका चौदण्डीगढी–६ का राईको शव मंगलबार फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गर्ने क्रममा त्रियुगा खोलानजिकै शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.