रसुवामा बाढीको वितण्डा : यस्तो छ क्षतिको पछिल्लो विवरण

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १९:१५

रसुवा । बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विववरण सार्वजनिक गरिएको छ ।

क्षतिको पछिल्लो विवरण अनुसार बाढीले २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय गाडी गरेर ६४ वटा सवारीसाधन बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए । बाढीले बगाउँदा २० जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३ जना प्रहरी, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना कमदार, चालकहरु ५ जना र ६ जना चिनियाँ नागरिक रहेको उनले बताए । अधिकारीका अनुसार बाढीले ड्यामसाइट बगाउँदा १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको छ । साथै, माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ । नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ ।

ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सिधा सम्बन्ध टुटेको छ । पुल १० मिटर चौडाइ र १ सय मिटर लम्बाइको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.