रसुवामा बाढीमा बेपत्ता प्रहरी असईको शव चितवनमा भेटियो

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार २२:१४

चितवन । रसुवामा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका असईको शव चितवनमा फेला परेको छ ।

टिमुरे खोलाबाट बेपत्ता भएका असई लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा फेला परेको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकोले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीले बताए ।

एसपी पुरीका अनुसार उनको शवलाई भरतपुर अस्पतालमा ल्याइएको छ ।

उनकाे श्रीमतीले श्रेष्ठको पहिचान गरेपछि उनी टिमुरेबाट बाढीमा बेपत्ता असइ भएको खुलेको एसपी पुरीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.