पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार ०८:०२

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–२ सिद्धबाबा मन्दिर नजिक पहिरोमा परेर १ जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालकको मुत्यु भएको हो । प्रहरीका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुर नगरपालिका–६ तालपोखराका जनक भण्डारीको मुत्यु छ ।

पहिरोले मोटरसाइकलमा लागेर घाइते भएका भण्डारीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिँदै थियो ।

पहिरोमा परेर मोटरसाइकलको पछाडि सवार उनकी पत्नी कल्पना चापागाई घाइते भएकी छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.