बाढीले मेची राजमार्ग अवरुद्ध, सिद्धिचरण राजमार्ग खुल्यो

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार ०८:३०

विराटनगर । हेंवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । पहिरोले अवरुद्ध बनाएको सिद्धचरण राजमार्ग भने सञ्चालनमा आएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थलस्थित हेंवा खोलामा आएको बाढीले मंगलबार साँझबाट मेची राजमार्ग अवरुद्ध भएको थियो । खोलाको बाढी ‘डाइभर्सन’ माथिबाट बगेपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

पाँचथर प्रहरीका अनुसार खोलाको बाढी नघटेका कारण दुवैतर्फ सवारी आवागमन प्रभावित बनेको छ । खोला वारपार गर्न सक्ने अवस्था नभएपछि दुवैतर्फ सवारीसाधन रोकिएको प्रहरीको भनाइ छ ।

त्यस्तै, अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धचरण राजमार्ग भने सञ्चालनमा आएको छ । ओखलढुंगाको सिद्धचरण नगरपालिका–७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो ।

ओखलढुंगाका निमित्त प्रहरी प्रमुख, इन्स्पेक्टर विजय कार्कीका अनुसार पहिरोले ओखलढुंगाबाट सोलुखुम्बु जाने सडक बन्द भएको थियो । सडक डिभिजन कार्यालय र सिद्धिचरण नगरपालिकासँगको समन्वयमा पहिरो पन्छाएर सडक सुचारु गरिएको जानकारी कार्कीले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.