
विराटनगर । जिल्ला कारागार मोरङका १ जना बन्दीको बुधबार साँझ मृत्यु भएको छ ।
जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका–५ घर भएका ४० वर्षीय सन्तोष पालको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए । उनका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो ।
अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान भएका उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा साँझ ६ः२५ बजेतिर मृत्यु भएको हो । शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मृत्यु भएका पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाको फैसला नहुँदै उनको मृत्यु भएको हो । जेलर ढुंगेलले मृतकको शव परिवारलाई जिम्मा लगाइसकिएको बताए ।

























