प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कविहीन भएपछि…

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार ०७:००

विराटनगर । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार ३ दिनअघि गएको सोमबारदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका अध्यक्ष मगरले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले सोमबार राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोटको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गरेका थिए ।

तर, त्यहाँ गएका उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको र खोजतलास गर्दासमेत नभेटिएको भन्दै गाउँपालिकाले कसैसँग जानकारी भए खबर गरिदिन आग्रह गरेको छ ।

उनीहरू सम्पर्कविहीन हुँदा कार्यालयको कामकाजमा समेत समस्या भएको गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.