थबाङका सात कर्मचारी सम्पर्कमा

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार ०९:३१

काठमाडौं । रोल्पाको थबाङका सात जना कर्मचारी सम्पर्कमा आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी आज बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरको सम्पर्कमा आएका हुन् । फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएको बुढामगरले बताए ।

तीन दिनअघि कामको सिलसिलामा रुकुम पूर्वतिर गएका उनीहरु टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए ।

उनीहरु गुल्मी किन गए भनेर थाहा हुन नसकेको अध्यक्ष बुढामगरले बताए । उनीहरु सम्पर्कमा नआएपछि गाउँपालिकाले हिजो विज्ञप्ति निकालेर कसैसँग जानकारी भए खबर गरिदिन आग्रह गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.