कोशी प्रदेशको तथ्यांकीय रूपरेखा पुस्तक सार्वजनिक 

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २७, शुक्रबार ०९:३५

विराटनगर । कोशी प्रदेशको तथ्यांकीय रूपरेखा पुस्तक लोकार्पण गरिएको छ । तथ्यांक समन्वय कार्यालय मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशको तथ्यांकीय रुपरेखा पुस्तक लोकार्पण गरेको हो । 

कार्यक्रममा कोशी प्रदेश योजना आयोगमा उपाध्यक्ष डा. राजेन्द्र अधिकारी र तथ्यांक समन्वय कार्यालय मोरङका तथ्यांक समन्वय अधिकारी सुवास अधिकारीले पुस्तकको लोकार्पण गरे । 

पुस्तकमा १० खण्ड रहेको र पुस्तकमा प्रदेशको प्रशासनिक भौगोलिक अवस्थितिदेखि कोशी प्रदेशको महत्त्वपूर्ण तथ्यांकहरूको नक्सांकन समावेश गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. अधिकारीले कोशी प्रदेश सरकारले तथ्यांकलाई व्यवस्थित बनाउने उद्देश्यले तथ्यांक बैंक स्थापनाको तयारी गरेको जानकारी दिए ।

तथ्यांक समन्वय कार्यालय मोरङका तथ्यांक समन्वय अधिकारी सुवास अधिकारीले सरकारले २०८२ फागुनदेखि कोशी प्रदेशमा आर्थिक गणना गर्ने तयारी गरेको जानकारी दिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.