पूर्व राजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २७, शुक्रबार १३:५९

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठक प्रहरी नियन्त्रणमा रहेका छन् ।

पाठकलाई केही सोधपुछ गर्नका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । 

उनका अनुसार संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा पाठकलाई सोधपुछका लागि बोलाइएको हो । वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेको एसपी बोहराले बताए । 

पाठकले पूर्व राजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.