
एजेन्सी । अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा परेर हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ । १ सय ६१ जना अझैसम्म बेपत्ता छन्।
तीव्र आँधीबेहरीपछि आएको भीषण वर्षाका कारण नदीहरूमा बहाव बढ्दा ठूलो क्षति भएके हो । बाढीले घर, सडक र सवारीसाधन सबै डुबाएको छ। ग्वाडालुप नदीको किनारमा रहेको क्रिश्चियन बालिका शिविर ‘मिस्टिक’मा मात्र २७ बालिकासहित कर्मचारीहरूको ज्यान गएको पुष्टि भएको छ।
उद्धारकर्ताहरूले नदीको आसपासबाट शवहरू निकालिरहेका छन् । तर, वर्षा नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
केही घण्टामै अत्यधिक पानी परेपछि नदीहरूमा बाढी आएको थियो। टेक्सासको विभिन्न भागबाट हजारौं मानिस विस्थापित भएका छन् । आपतकालीन उद्धारका लागि राज्यभरका स्रोतसाधन प्रयोगमा ल्याइएको छ।
उद्धारकर्मी, प्रहरी र स्वयंसेवकहरू हराइरहेका मानिसहरूको खोजीमा खटिएका छन् । अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ । राहत सामग्रीको आपूर्ति पनि चुनौतीपूर्ण बनेको विभिन्न सञ्चारमध्यमले जनाएका छन् ।
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले टेक्सासको केर्भिल शहरको भ्रमण गर्ने तयारी गरेका छन् । उनीहरूले उद्धारकर्मी तथा पीडित परिवारहरूसँग भेट गर्ने कार्यक्रम तय गरिएको समाचारमा जनाइएको छ ।



















