
विराटनगर । हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलामा निर्माण भएको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
यो पुलले झापाको गौरीगञ्ज र मोरङको आमबारी खण्डलाई जोड्छ । आइतबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयले पुल निर्माण भएपछि उद्घाटनका लागि प्रधानमन्त्रीलाई बोलाएको थियो ।
पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने बताए ।

























