अब अनलाइन ट्राफिक सचेतना कक्षा

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार २०:१३

काठमाडौं । ट्राफिक प्रहरीले अनलाइन ट्राफिक सचेतना कक्षा सुरु गरेको छ । यो अभियानको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे ।

अब मादक पदार्थ सेवन गरेमा, रातो बत्तिमा सवारी चलाएमा, लेन क्रस गरेमा र तीव्र गतिमा सवारी दौडाएमा घर वा कार्यालयबाट नै सचेतना कक्षा लिन सकिन्छ ।

ज्ञान बजारसँगको सहकार्यमा अनलाइन सचेतना कक्षा लिने प्रणाली देशभर लागु गरिएको प्रहरी प्रधान कार्यालयका एआईजी सिद्धिविक्रम शाहले जानकारी दिए ।

अनलाइन कक्षा लिनुभन्दा पहिले कसुर अनुसार लाग्ने जरिवाना भुक्तानी गर्नुपर्छ । जरिवाना तिरेपछि नागरिक एप मार्फत सचेतना कक्षा लिन सकिन्छ ।

यसरी लिन सकिन्छ अनलाइन कक्षा

१, नागरिक एप डाउनलोड गरेर ट्राफिक सचेतना कक्षाको लिङ्क थिच्नुपर्छ ।

२, त्यसपछि ‘टेक अनलाइन क्लास’ भन्ने विकल्प रोज्नुपर्छ ।

३, टर्म एन्ड कन्डिसन पढेर ‘कक्षामा सामेल हुनुहोस्’ भन्ने विकल्प रोज्नुपर्छ ।

४,त्यसपछि ‘फोटो लिनुहोस’ भन्ने विकल्प रोजेर दुवै कान देखिने फोटो अपडोल गर्नुपर्छ ।

५,त्यसपछि थ्रेसहोल्डमा ध्यान दिएर कक्षा पढ्न सकिन्छ ।

६, कक्षा पुरा भएपछि एपमार्फत सोधिने ६ ओटा प्रश्नहरू मध्ये ३ वटा प्रश्नको जवाफ मिलाउनुपर्छ ।

७, कक्षा सफल भएपछि नागरिक एपबाट ‘टेक अनलाइन क्लास’बाट सेवाग्राही हट्नेछन् ।

अनलाइन कक्षाको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.