
विराटनगर । झापाको बिर्तामोड नगरपालिका–१० मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
५३ वर्षीय पुष्प पोखरेलको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै निर्माणाधीन घरमा पानी लगाउनलाई मोटर जोड्ने क्रममा आइतबार राति अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।
उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























