
विराटनगर । कानुन व्यवसायी अधिवक्ता यज्ञप्रसाद शिवाकोटीको मृत्यु शोकमा उच्च अदालत विराटनगर बार एकाईले शोकसभा आयोजना गरेको छ ।
शिवाकोटीको असार २१ गते शनिबार काठमाडाैंमा उपचारका क्रममा निधन भएको थियो ।
सोमबार नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइले दशौं दिनको पुन्य तिथीमा शोकसभा आयोजना गरेको हो ।
उनी उच्च अदालत बार एसोसिएसन विराटनगरको पूर्व कार्यसमिति सदस्य हुन् ।























