हात्ती प्रभावित बाहुनडाँगीका बासिन्दा बाली परिवर्तन गर्दै 

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १०:५८

विराटनगर । हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीका स्थानीयहरूले हात्तीको उपद्रो कम गर्नका लागि बाली परिवर्तन थालेको छन् ।

हात्तीको उपद्रो कम हुने विश्वासका साथ मेचीनगर –४ बाहुनडाँगीका स्थानीयलाई डिभिजन वन कार्यालयले कागतीका ४ हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।

कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले हात्तीबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ बाहुनडाँगीका बासिन्दाहरूलाई बाली परिवर्तन गर्नका लागि निःशुल्क कागतीका बिरुवा प्रदान गरेको बताए ।

उनले अन्य बाली लगाउँदा हात्ती आएर खानुका साथै उपद्रो गर्ने भएकाले कागती खेती गर्दा हात्तीले पनि नखाने र स्थानीयको पनि आम्दानी हुने भएकाले बाली परिवर्तन गराइएको हो ।

कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीले मन नपराउने बताउँदै, श्रेष्ठले भने, ‘यसरी कागती व्यापक रूपमा खेती गर्ने हो भने केही हदसम्म हात्तीबाट हुने क्षति र न्यूनीकरण गर्न सकिन्छ । कागती फल्न थालेपछि किसानको आम्दानीको राम्रो स्रोतसमेत बन्ने भएकाले बाली परिवर्तन गरी कागती खेती गर्न अभियान चालेका हौँ ।’

हात्तीले सुपारीका बोट भाँचेर ठुलो क्षति पुर्‍याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको छ ।

वन कार्यालयले ३ सय परिवारलाई कागतीको बिरुवा निःशुल्क वितरण गरेको छ ।

त्यस्तै, हात्ती मौरीसँग डराउने भएकाले सुरक्षाका लागि स्थानीयहरूले मौरी पालन पनि गर्दै आएका छन् । यसका साथै हात्तीले नखाने बालीका रूपमा तोरी र चिया खेती पनि गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.