गुप्ताको राजीनामापछि न्यौपाने मन्त्री नियुक्त

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १७:५३

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएपछि उनका ठाउँमा राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएका हुन् । न्यौपानेले अब मन्त्रीको जिम्मेवारी सम्हाल्ने छिन् ।

‘नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.