जसपा नेपाललाई सरकारमा ल्याउन भूमि विधेयकमा सहमति खोजिँदै

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार ०६:४६

काठमाडौं । भूमि विधेयकका विवादित प्रावधानमा सहमति जुटाउने प्रयाससँगै जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा ल्याउने तयारी तीव्र बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सोमबार राति बालुवाटारमा छलफल भएको हो । जसपा नेपालले ओली नेतृत्वको सरकारलाई असफल ठहर गर्दै समर्थन फिर्ता गर्ने चेतावनी दिए पनि भूमि विधेयकमा सहमति खोज्न थालेपछि तत्काल समर्थन फिर्ता स्थगित भएको छ ।

जसपा, कांग्रेस र एमालेबीच सहमतिका लागि कार्यदल बनाउने सहमति भएको छ । भूमिहीन र सुकुमवासीको समस्यासँग जोडिएको भूमि विधेयकमा मधेसी दलहरू र कांग्रेसका केही सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । विधेयकलाई संसदीय समितिमा पठाएर संशोधनसहित पारित गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय सभामा बहुमतका लागि आवश्यक संख्यामा पुग्न जसपा नेपालको समर्थन आवश्यक पर्ने भएपछि सत्तारूढ दलहरूले जसपाको माग सम्बोधन गर्न रणनीति बनाएका छन् । सहमति जुटेपछि जसपा नेपाल सरकारमा सहभागी हुने सम्भावना उच्च रहेको सत्ता गठबन्धन स्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.