गुजरातमा यातना भोगिरहेका पाँच नेपालीको उद्दार

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार ०८:५३

सप्तरी । भारतको गुजरात राज्यबाट ५ नेपाली मजदुरको उद्दार भएको छ ।

यातना भोगिरहेका सप्तरीको तिरहुत गाउँपालिका ४ र हनुमाननगर कंकालिनी नगरपालिका ८ का पाँच जना मजदुरको उद्दार भएको हो ।

गुजरातको बनासकांठा जिल्लास्थित जोहरापुरा गाउँमा रहेको रामदेव कोल्ड स्टोरबाट उद्धार गरिएको हो ।

मजदुरहरूलाई ठेकेदारले कुटपिट गर्नुका साथै मानसिक र शारीरिक यातना दिने गरेको पीडितहरूको गुनासो छ ।

पीडित मजदुरहरुलाई इञ्जिनियर तथा साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको पहल र समन्वयमा भारतको गुजरातबाट सफल उद्धार गरिएको तिरहुत गाउँपालिका अध्यक्ष बिजयकुमार यादवले जानकारी दिए ।

उनीहरू वैशाख ५ गते भारतको बिहारअन्तर्गत सुपौल जिल्लाका ठेकेदार राजेश शर्मामार्फत गुजरात गएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.