कल्याणपुरका मेयर १ लाख घुससहित पक्राउ

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १५:२३

जनकपुरधाम । कल्याणपुर नगरपालिका सिरहाका नगरप्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन् ।

कल्याणपुरस्थित पालिकाको कार्यालयबाट नगरप्रमुख साह १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.