पाथीभराको २ लाख भक्तजनले गरे दर्शन 

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १९:३४
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

विराटनगर । कोशी प्रदेशकै प्रसिद्ध तीर्थ स्थलमध्ये ताप्लेजुङस्थित पाथीभरा मन्दिरको २ लाख बढी भक्तजनले दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक वर्षमा २ लाख बढी भक्तजनहरूले पाथीभराको दर्शन गरेका हुन् । गत वर्षभन्दा यस आर्थिक वर्षमा आउने भक्तजनमा केही कमी आएको हो ।

आर्थिक वर्ष २०८१  / ०८२ मा २ लाख १७ हजार ७ सय ७६ जना भक्तजन दर्शनका लागि आएको बताउँदै, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले भने, ‘गत वर्षको भन्दा यस वर्ष दर्शन गर्न आउनेको संख्यमा केही कमी आएको छ । २०८० / ०८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना आएका थिए । ताप्लेजुङ क्षेत्रमा विभिन्न समयमा भएका आन्दोलन, बाढीले पुल बगाएको जस्ता समस्याले गर्दा यातायात सेवा अवरुद्ध हुँदा भक्तजन आउनेको संख्यामा कमी भएको हो ।’

दर्शन गर्न आउने भक्तजनको संख्या कमी भएपछि मन्दिरको भेटी (रकम) मा समेत कमी आएको छ ।

मन्दिरमा आर्थिक वर्ष २०८० / ०८१ मा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटी संकलन भएको थियो । आर्थिक वर्ष २०८१ / ०८२ मा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपैयाँ भेटी संकलन भएको विकास समितिले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.