
काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त डीआईजीमा बढुवा गर्न एसएसपी मनिष थापाको नाम सिफारिस भएको छ ।
डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा १ जना डीआईजीको पद रिक्त थियो । डीआईजी बढुवानका लागि सिफारिस भएका थापा सशस्त्रमा नियुक्त पहिलो ब्याच सिसं १ का इन्स्पेक्टर हुन् ।


























